logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सेयर बजारमा निरन्तर गिरावटपछि लगानीकर्ताले धितोपत्र बोर्ड कार्यालय घेरे


  • जन आकाश
  • मंगलबार, असार ३० २०८३

काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन)को कार्यालय घेरेका छन् ।मंगलबार बिहान उनीहरू बोर्डको कार्यालय घेर्न पुगेका हुन्। सेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा मंगलबार बिहान लगानीकर्ताहरू ललितपुरको खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको केन्द्रीय कार्यालय पुगेका थिए । सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.६० अङ्कले घटेर २५७० बिन्दुमा झरेको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend