logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कामना सेवा विकास बैंकको नाफामा ३३.५०% वृद्धि, वितरणयोग्य मुनाफा ६० करोड ११ लाख


  • जन आकाश
  • आइतबार, साउन ३ २०८३

काठमाडौं । काठमाडौं। कामना विकास बैंकको नाफा बढेको छ। आर्थिक वर्ष २०८२र८३ को चौथो त्रैमाससम्म बैंकको नाफा ३३.५० प्रतिशतले बढेर ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ पुगेको छ।



अघिल्लो आर्थिक वर्ष २०८१र८२ को चौथो त्रमासमा बैंकले ६६ करोड ९७ लाख ५१ हजार रूपैयाँ खुद नाफा गरेको थियो। बैंकको ‘कस्ट अफ फण्ड’ घटेर ब्याज आम्दानी बढ्दा नाफा बढेको हो।

बैंकको खुद ब्याज आम्दानी पनि ३.९८ प्रतिशतले बढेर २ अर्ब ४१ करोड ८ लाख रूपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३१ करोड ८४ लाख ९४ हजार रूपैयाँ थियो। नाफासँगै यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। स्तो आम्दानी ३.६७ रुपैयाँले बढेर २२.७५ रुपैयाँ पुगेको छ ।

चौथो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा ३२.८७ प्रतिशतले बढेर १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ छ। वितरणयोग्य मुनाफालाई आधार मान्दा बैंकको लाभां क्षमता १५.१६ प्रतिशत देखिन्छ।

साथै बैंकको प्रोभिजनिङ समेत घटेको छ। प्रोभिजनिङ कम हुँदा त्यसको सकारात्मक प्रभाव नाफामा देखिन्छ। असार मसान्तसम्म बैंकले १३ करोड ६५ लाख रुपैयाँमा प्रोभिजनिङ गरेको छ।

प्रोभिनजिङ कम भए पनि कर्जा कर्जा भने बढेको छ।अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ३.४९ प्रतिशत रहेकोमा समीक्षा अवधिमा बढेर ३.७७ प्रतिशत पुगेको छ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब १४ करोड १३ लाख रुपैयाँ सञ्चित छ।बैंकले ६६ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५५ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend