logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रजातन्त्र तलमाथि हुने कुरा स्वीकार्य हुन्न, लड्नुपर्ने ठाउँमा लड्ने तागत कांग्रेसले राख्छ- गगन थापा


  • जन आकाश
  • आइतबार, साउन ३ २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रजातन्त्रलाई तलमाथि हुने कुरा कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन्।प्रजातान्त्रिक विचार समाज कास्कीले आइतबार पोखरामा आयोजना गरेको संविधान संशोधन विचारु गोष्ठीमा बोल्दै थापाले प्रजातन्त्रलाई तलमाथि गर्न खोजिए पार्टीले त्यसविरूद्ध लड्ने बताएका हुन्।



‘प्रजातन्त्र तलमाथि हुने कुरामा नेपाली कांग्रेसलाई त्यो स्वीकार्य हुन्न,’ सभापति थापाले भने, ‘त्यसका लागि हामी सदनमा, सडकमा जहाँ जहाँ लड्नुपर्‍यो लड्नुपर्ने ठाउँमा लड्छौं, त्यति तागत र क्षमता हामी राख्छौं, हामी कांग्रेस हो, यो संविधानलाई दुर्घटना हुन नदिन सचेत भएर काम गर्छौं।’उनले सरकारसँग कुनै पूर्वाग्रह नराखी काम गर्ने बताए।

‘रास्वपाले ५ वर्ष सरकार चलाउन म्यान्डेट पाएको छ, उसले सरकार चलाउने हो। रास्वपाभित्र के हुन्छ हाम्रो चासोको विषय पनि होइन,’ सभापति थापाले भने, ‘उहाँहरूले ५ वर्ष सरकार चलाउन पाउनुपर्छ, हामीले बाहिरबाट हेर्ने के हो भने प्रजातन्त्रलाई तलमाथि गर्न पाउनुहुन्न। तपाईंहरूले सरकार चलाउने अधिकार पाउनुभएको हो, प्रजातन्त्रका लागि खेलवाड गर्न होइन। विधिको शासनलाई तलमाथि गर्न दिँदैनौं।’

उनले संघीय सरकारले मन्त्रालय संख्या घटाउनु राम्रो भएको र बागमती प्रदेशले पनि हालै मन्त्रालय संख्या घटाएको बताए। संघले प्रदेशलाई र प्रदेशले स्थानीय तहलाई थप अधिकार दिनुपर्ने उनको भनाइ छ। संघीय मन्त्री र प्रदेश मन्त्रीले सकेसम्म आफ्ना क्षेत्रमा धेरै बजेट लैजाने प्रवृत्ति देखिएको पनि उनले बताए।उनले कांग्रेस राष्ट्रिय शक्ति भएकोले धैर्यतापूर्वक सम्हाल्ने जिम्मेवारी रहेको पनि बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend