जन आकाश
काठमाडौं । विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकहरूको सबैभन्दा ठूलो प्राथमिकता बन्न थालेको छ। धेरैजसो अटोमोबाइल कम्पनीहरूले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने भए पनि जिडब्लुएम विश्वका थोरै अटोमोबाइल उत्पादकमध्ये एक हो।जसले आफ्नै भगिनी कम्पनी एसभोल्ट इनर्जी मार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको छ।
यही कारण जिडब्लुएमले आफ्नो ब्याट्री प्रविधिको गुणस्तर, सुरक्षा र विश्वसनीयतामाथि पूर्ण नियन्त्रण कायम गर्न सफल भएको छ। नेपालमा हालै सार्वजनिक भएको जिडब्लुएम ओरा ५ इभी एसयुभीमा प्रयोग गरिएको ड्रागन आर्मर ब्याट्री पनि जिडब्लुएम अन्तर्गतको अत्याधुनिक ब्याट्री निर्माता कम्पनी एसभोल्टले विकास तथा उत्पादन गरेको हो।
वर्षौंको अनुसन्धान र प्रविधि विकासपछि तयार गरिएको यो ब्याट्रीले आगो र पानी प्रतिरोधी उच्च सुरक्षा, लामो ड्राइभिङ रेन्ज, फास्ट चार्जिङ क्षमता तथा उत्कृष्ट कार्यसम्पादनलाई एउटै प्लेटफर्ममा समेटेको छ। ड्रागन आर्मरु नाम रहनुको कारण यसको विशेष आन्तरिक संरचना हो। ब्याट्रीभित्र रहेका सेलहरू ड्रागनको खप्टाजस्तै तह–तहमा मिलाएर राखिएका छन्।
यसले विशेष प्रकारको डाउनवर्ड भेन्टिङ प्रणाली निर्माण गर्छ, जसले कुनै असामान्य अवस्थामा ताप वा आगो उत्पन्न भए पनि त्यसलाई यात्रु बस्ने क्याबिनतर्फ फैलिन नदिई तलतर्फ बाहिर निकाल्ने कार्य गर्छ।यसै कारण यो संरचनाले यात्रुहरूको सुरक्षाका लागि थप सुरक्षात्मक कवच ९आर्मर० का रूपमा काम गर्छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend