logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

यारी पोसाक उद्योगका समस्याबारे प्रधानमन्त्री बालेन शाहले आज उद्योगीसँग छलफल गर्ने


  • जन आकाश
  • मंगलबार, साउन ५ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्ने भएका छन्।आज बिहान साढे ११ बजेबाट छलफल सुरू हुने प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ।



प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुने पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफल तयारी पोसाक उद्योगको वर्तमान अवस्था, उद्योगले भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्धन, रोजगारी सिर्जना र उद्योग क्षेत्रको समग्र विकासका विषयमा केन्द्रित हुनेछ।

प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा निजी क्षेत्र, उद्योगी(व्यवसायी तथा सरोकारवाला निकायहरूसँग निरन्तर संवाद गर्दै उनीहरूले भोगिरहेका समस्या, समाधानका उपाय र नीतिगत सुधारका विषयमा सुझाव लिने तथा कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिँदै आएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend