जन आकाश
काठमाडौं । पार्टीका संस्थापक बिपी कोइरालाको स्मृतिमा नेपाली कांग्रेसमा फरक फरक कार्यक्रम हुने भएको छ।संस्थापन पक्षले ग्रीन रनुलगायत कार्यक्रम गर्ने तयारी गरेको छ भने संस्थापनइतर पक्ष प्रज्ञा भवनमा भेला हुने भएका छन्।
गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नरहेका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि अघि बढाएका हुन्।
संस्थापन पक्षले युएन पार्कदेखि जावलाखेलसम्म ग्रीन रनलगायत कार्यक्रम राख्दा देउवा पक्षले शक्ति प्रदर्शन रणनीतिअनुसार प्रज्ञा भवनमै बिपी स्मृति दिवसमा कार्यक्रम राखेका छन्।
विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले वैधानिकता दिइसक्दा पनि कांग्रेसभित्र मतभेद जारी नै छ। त्यसैले बिपी स्मृतिमा पनि कांग्रेस नेताहरूले फरक फरक कार्यक्रम गर्न लागेका हुन्।
उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रका मतभेद हल गर्दै लगिने बताएका छन्।बिपी कोइराला हामी सबैको हुनुहुन्छ, अझै भन्ने हो भने कांग्रेसको मात्र नभएर कांग्रेस बाहिरकाले पनि सम्मान, श्रद्धा गर्न मिल्छ। त्यसैले कहीँ पनि कसैले पनि कार्यक्रम गर्दैगर्दा त्यसप्रति नकरात्मक टिप्पणी कांग्रेसले गर्दैन,’ उपसभापति शर्माले भने।
संस्थापनइतर पक्षको नेतृत्व निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्दै आएका छन्।यो समूहले प्रज्ञा भवनमा कार्यक्रम गर्न लागेका हुन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend