logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित


  • जन आकाश
  • बिहिबार, साउन ७ २०८३

काठमाडौं । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित भएको छ । बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्सअन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट बैंक फर एसएमईज् को उपाधिबाट सम्मानित भएको हो ।



यसबाट बैंकले नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो नेतृत्वदायी भूमिका पुनःस्थापित गरेको छ । यी प्रतिष्ठित अवार्डहरूले नबिल बैंकको बलियो वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास र वातावरणीय, सामाजिक तथा सुशासनका प्राथमिकतालाई अगाडि बढाउँदै नेपालका साना तथा मझौला उद्यमहरूलाई सहयोग गर्न पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गरेको बैंकले जनाएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले प्रतिष्ठित अवार्डबाट बैंक सम्मानित हुन पाउँदा खुसी लागेको बताए । उनले भने, “युरोमनीबाट प्राप्त यी प्रतिष्ठित सम्मानहरूले हामीलाई अत्यन्त गौरवान्वित बनाएको छ। नेपाल्स बेस्ट बैंक फर ईएसजी तथा एसएमईज् जस्ता उपाधिहरू प्राप्त गर्नु भनेको ग्राहक, कर्मचारी, शेयरधनी तथा साझेदारहरूले नबिल बैंकमाथि राख्नुभएको विश्वासको परिणाम हो । यी सम्मानहरूले नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक विकासप्रति प्रतिबद्धतालाई थप बलियो बनाएका छन् ।

हामी आगामी दिनहरूमा पनि उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै देशको आर्थिक समृद्धिमा योगदान पुर्‍याउन प्रतिबद्ध रहनेछौँ ।”युरोमनी अवार्डस् फर एक्सिलेन्सलाई बैंकिङ क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डहरूमध्ये एक मानिन्छ । जसले नवप्रवर्तन, नेतृत्व र असाधारण कार्यसम्पादन मार्फत आफ्नो बजारमा प्रभाव पारेका संस्थाहरूलाई सम्मान गर्दछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend