logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बीपी स्मृति दिवसमा कांग्रेसको नयाँ अभियान घोषणा, जनतामाझ नयाँ सोचसहित जाने दाबी


  • जन आकाश
  • बिहिबार, साउन ७ २०८३

काठमाडौं । नेपाली कांग्रेसले ‘जरा अभियान’ समापन गर्दै नयाँ अभियानको घोषणा गरेको छ। बिहीबार राष्ट्रिय सभागृहमा आयोजित बीपी कोइरालाको ४४औं स्मृति दिवसमा आयोजित कार्यक्रममा सभापति गगन थापाले नयाँ अभियानको सुरुवात गरेका छन्।



कांग्रेसले ‘नवीन परिस्थित, नवीन संकल्प, नवीन अभियान’ सुरु गरेको हो। यसले कांग्रेसलाई नयाँ सोचका साथ जनतामाझ पु¥याउने जनाइएको छ। यसअघि कांग्रेसले गत वैशाख १ गते जरा अभियान सुरु गरेको थियो। जरा अभियानअन्तर्गत गाउँगाउँमा सदस्यता विरणतसँगै छलफल, सभा, सम्मेलन आयोजना गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend