logo शनिबार, साउन ९ २०८३ | Saturday 25th July 2026

रास्वपा संसदमाथि मसि प्रहार, पार्टीले निकाल्यो बिज्ञप्ति


  • जन आकाश
  • शनिबार, साउन ९ २०८३

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी रौटहट क्षेत्र नम्बार ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यमा गणेश पौडेलमाथि जनताको जनगुुनासो सुुनेर फर्कने क्रममा केही व्याक्तिहरुले कालो मसि प्रहार गरेका छन् । उक्त घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलले उक्त घटनालाई अराजक र्दुव्यवहार प्रति ध्यानकर्षण गराएको छ भनि बिज्ञप्ति सार्वजनिक गरेर आपत्ति जनाएको छ । उसले बिज्ञप्तिमा भनेको छ ।



“वि.सं.२०८३ श्रावण ९
ने.सं. ११४६ दिल्लाथ्व एकादशी

विज्ञप्ति

रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य (सांसद) गणेश पौडेलमाथि मिति २०८३.४.७ गते जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्कने क्रममा गरिएको कालो मसी प्रहार तथा दुर्व्यवहारको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ। यस प्रकारको हिंसात्मक तथा अमर्यादित गतिविधिको संसदीय दल घोर भर्त्सना गर्दछ।

लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सुरक्षित छ। तथापि जनप्रतिनिधिमाथि हुने हिंसा, दुर्व्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य हुन सक्दैन। यस्ता गतिविधिले विधिको शासन, लोकतान्त्रिक संस्कार र शान्तिपूर्ण (सुसंस्कृत राजनीतिक अभ्यासमाथि प्रहार गर्दछ।
यस घटनाको निष्पक्ष अनुसन्धान गरी घटनामा संलग्न व्यक्तिहरूमाथि कानूनबमोजिम कडा कारवाही गर्न, घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी जनप्रतिनिधिहरूको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दल नेपाल सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछ।

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दल लोकतान्त्रिक मूल्य, विधिको शासन, अहिंसात्मक राजनीतिक अभ्यास र सभ्य समाज निर्माणप्रति सदैव प्रतिबद्ध रहने पुनः स्पष्ट गर्दछ।

कविन्द्र बुर्लाकोटी
मुख्य सचेतक

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend