logo आइतबार, साउन १० २०८३ | Sunday 26th July 2026

पाँच हजार ८ सयले घटेको सुन फेरि उकालो, आज तोलामा १,६०० रुपैयाँ वृद्धि


  • जन आकाश
  • आइतबार, साउन १० २०८३

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन(चाँदीको) मूल्य बढेको छ। शुक्रबार तोलामा पाँच हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार ६ सय रूपैयाँ बढेको हो।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।

शुक्रबार सुन प्रतितोला दुई लाख ८५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ।

शुक्रबार तोलामा चार हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार चार सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ बढेको हो।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend