जन आकाश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। उनीहरूबीच सोमबार बिहान शीतल निवासमा करिब एक घण्टा कुराकानी भएको हो।भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ।
सो क्रममा राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताको आवश्यकता औंल्याउँदै कानुन निर्माणमा संसद्को प्रभावकारिता बढाउनुपर्नेमा जोड दिएका थिए।यस्तै बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा सबै पक्षबीच समन्वय र सहयोग आवश्यक रहेको उनको भनाइ थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend