logo मंगलबार, साउन १२ २०८३ | Tuesday 28th July 2026

शुरुङ युगमा नेपाल, बनाउदैछन् बन्दै छ विकसीत नेपाल 


  • जन आकाश
  • मंगलबार, साउन १२ २०८३

मोहन कार्की ।



काठमाडाै । नेपाल शुरुङ युगमा प्रवेश गरेको छ । काठमाडौ र धादिङमा निर्माणधिन झण्डै ३ किलोमिटर शुरुङ हिजो मात्रै अर्थात मितिः २०८३ साउन ११ गते निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । त्यसैगरी निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम ७० प्रतिशत सम्पन्न भएको आयोजनाले जानकरी दिएको छ । आयोजनाका अनुसार सुरूङ मार्गको वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७० प्रतिशत रहेको उल्लेख छ।

सुरुङभित्र गर्नुपर्ने निर्माण र फिनिरसिङ्गको काम सकेर आगामी कात्तिक मसान्तसम्म सवारी संचालन गर्ने तयारी आयोजनाले गरेको छ । आयोजनाकी इन्जिनियर निशा बेल्वासेका अनुसार अहिले निर्माणको काम तीव्र बनाएर आउने कात्तिक मसान्तसम्म सवारी संचालन गर्ने तयारी छ ।

आयोजनाले असोज मसान्तभित्रै सवारी संचालन गर्ने गरी काम गरिरहेको थियो । तर, मौसमका कारण निर्माण सामाग्री केरुङ्ग नाकामा रोकिंदा कामले गति लिन नसक्दा एक महिना थप गरी कात्तिक मसान्तभित्र सञ्चालनको तयारी गरिएको बेल्वासेले जानकारी दिइन् ।

पाँच वर्षमा निर्माण सक्नेगरी सिद्धार्थ राजमार्गको तानसेन बुटवल खण्डको दोभान सिद्धबाबा क्षेत्रमा सुरूङ मार्ग निर्माण सुरु भएको थियो । २०७८ साल फागुनमा ठेक्का सम्झौता गरिएको सुरूङ मार्ग निर्माणको काम भने ७९ को अन्तिमतिर मात्र सुरू भएको थियो ।

२०८१ माघ ११ गते सुरूङ मार्गको ब्रेक थ्रु हुँदा ४० प्रतिशत काम सम्पन्न भएको थियो । आयोजनाका अनुसार निर्माण कम्पनीले २०८३ चैत्र मसान्तसम्म सुरूङ मार्ग निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको भएपनि सन २०२८ को जुन महिनाभित्र सम्पूर्ण कार्यहरु सम्पन्न गर्नेगरी १५ महिना म्याद थप गरेर निर्माणको काम गरिएको छ ।

समयमा काम सम्पन्न नहुने भएपछि निर्माण कम्पनीको माग अनुसार १५ महिना म्याद थप गरि निर्माण कार्य जारी रहेको इन्जिनियर बेल्वासेले बताइन् ।

सुरूङ मार्गको निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले हालसम्म मुख्य सुरूङको सिभिलको काम पुरा गरी विद्युतीकरण र प्रवेशद्वारको काम गरिरहेको छ ।

सुरूङ मार्गबाट सवारीसाधन सञ्चालन गरेपछि मात्र बाहिरी सडक स्तरोन्नति, बाइपास सुरूङ, रक सेट र स्लोप निर्माणको काम सुरू गरिने बताइएको छ ।

निर्माण कम्पनीले सुरूङ मार्गसँगै दुवैतर्फको जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायतका प्रविधिमार्फत साढे ३ किलोमिटर सडक सुरक्षित बनाउनुपर्ने सम्झौतामा उल्लेख छ।

सुरूङभित्रबाट यातायात सञ्चालन भएपछि बाहिरको जोखिमयुक्त क्षेत्रमा पैदल यात्रीका लागि रक सेडभित्रको बाटो प्रयोगमा ल्याइने र बाहिरी भागबाट खानेपानीको व्यवस्थापन गरिने योजना छ। आपत्कालीन निकासका लागि तीन वटा बाइपास सुरूङ खनिएका छन्।

आयोजनाका अनुसार दुवैतर्फको रिबसहित ११२६ मिटर लम्बाइको सुरूङ मार्ग निर्माणका लागि ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

सिद्धार्थ राजमार्गको सबै भन्दा जोखिको क्षेत्र मानिने सिद्धबाबा क्षेत्रमा सुरूङमार्ग बनेपछि तराई र पहाड तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा आवतजावत सहज र सुरक्षित हुने विश्वास गरिएको छ।

जान्नुपर्ने कुरा

नेपालमा विकास हुदैन केही सम्भवना छैन भनेर विदेशमा गई नेपालको विरोध मात्र गरेर वस्नेहरुलाई वन्दै गरेका नेपालका शुरुङमार्ग, फाष्ट ट्रयाक, गौतम बुद्ध अन्तराष्ट्रिय एयरपोर्ट, पूर्व–पश्चिम पाहाडी लोकमार्ग, तराईको हुलाकी राजमार्ग, सुनकोशी डाईभर्सन,सिक्टा सिचाई परियोजना, १८ घण्टा लोडसेडिङ व्होरेका नेपालीले आज दैनिक १७०० मेगावाट विद्युत भारत निर्यात गरिरहेको छ । यस्ता महत्वपूर्ण आयोजनाहरुको विशाल विकासले ति नेपालमा केही सम्भावना छैन भन्नेहरुकाहरुलाई जबाफ दिईरहेका छन् । कतिपय शुरु हुदैछन् । कतिपय सम्पन्न हुदैछन् । काठमाडौ चक्रपथ, माइतीघर कोटेश्वरसम्म व्यवस्थित सडक बनेपछि शुरु भएको विकसितस्तरको सडक विस्तार देशैभरी केही वर्षमा सम्पन्न हुदैछन् । नेपालले अव गनैपर्ने काम अव्यवस्थित वस्तीहरुलाई व्यवस्थित बनाउन सुरक्षित स्थानमा वस्ति स्थान्तरण गराउने र सुन्दर स्मार्ट सिटीको विकास तथा औद्योगिक विस्तार योजनाहरु आउदो १० देखि १५ वर्षमा गर्ने हो भने नेपाल अन्तराष्ट्रियस्तरको विकसीत देश बनाउन सकिने आधारहरु बन्दै गएका छन् ।

कृषिमा आधुनिकीकरण, व्यवस्थित वसोवास, उत्पादनको मूल्य निर्धारण र देशका नागरिकहरुको अवस्था हेरी व्यवस्थापन गर्ने लक्ष्य राखेर काम गर्न सकेको खण्डमा नेपाल उत्कृष्ट देश बन्न सक्छ ।

 

oplus_2

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend