logo मंगलबार, साउन १२ २०८३ | Tuesday 28th July 2026

विपद् व्यवस्थापनका लागि दक्ष युवा तयार गर्न कांग्रेसको विशेष प्रशिक्षण


  • जन आकाश
  • मंगलबार, साउन १२ २०८३

काठमाडौं । नेपाली कांग्रेसले ४० जना युवाहरूलाई विपद् व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण दिने भएको छ। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा साउन १५ देखि १७ गतेसम्म प्रशिक्षण हुनेछ।



प्रतिष्ठानको साउन १० र ११ मा बसेको बैठकले प्राकृतिक विपद व्यवस्थापनसम्बन्धी आन्तरिक विशेष प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार साउन १५, १६ र १७ गते हुने प्रशिक्षणमा इच्छुकहरू मध्येबाट चुनिएका ४० युवा मात्रै पहिलो चरणमा सहभागी हुने कांग्रेसले जनाएको छ।

प्रशिक्षणमा सैद्धान्तिक ज्ञानसँगै प्राविधिक सीप र तत्सम्बन्धी अभ्यास गराइनेछ। प्राकृतिक विपदको क्षेत्रमा लामो समयदेखि स्वदेश र विदेशमा कार्य गरिरहेका विषय विज्ञहरूले प्रशिक्षकका रूपमा सहजीकरण गर्ने कांग्रेसले जनाएको छ।

प्रशिक्षणमार्फत विपदमा सचेतनादेखि प्रतिकार्यसम्मका लागि कार्य गर्न सक्ने दक्ष युवाशक्ति निर्माण हुने विश्वास कांग्रेसले लिएको छ । आगामी दिनमा ‘हरेक जिल्लामा विपद व्यवस्थापन स्वयंसेवक’ को अवधारणा बमोजिम अघि बढ्ने योजना नीति प्रतिष्ठानले बनाएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend