logo बुधबार, साउन १३ २०८३ | Wednesday 29th July 2026

राष्ट्रपति भेट्न शीतल निवास पुगे रास्वपा सभापति रवि लामिछाने


  • जन आकाश
  • बुधबार, साउन १३ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्। सभापति लामिछाने र राष्ट्रपति पौडेलबीच आज मध्याह्न कुराकानी भएको हो।



उनीहरूबीच समसामयिक घटनाक्रमबारे छलफल भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।आजै सभापति लामिछानेको आह्वानमा सुनसरी घटनाबारे सर्वदलीय बैठक गरेर ९ दलले ७ बुँदे अपिलसमेत जारी गरेका थिए।

सभापति लामिछानेको सचिवालयका अनुसार सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था र सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा बारेमा राष्ट्रपतिलाई जानकारी गराएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend