जन आकाश
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच कर्मचारी सञ्चय कोषका कर्मचारीहरुलाई लक्षित गर्दै विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ।
उक्त सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याल र कर्मचारी सञ्चय कोषको तर्फबाट का।मु सहप्रशासक भरतराज वस्तीले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकले कर्मचारी सञ्चय कोषका कर्मचारीहरूका लागि प्रिमियम सुविधासहितको तलब व्यवस्थापन खाता सञ्चालन गर्नेछ।यस सुविधामार्फत कर्मचारी सञ्चय कोषका कर्मचारीहरूले सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा प्राप्त गर्ने जनाइएको छ।
तलब व्यवस्थापन खातासँगै बैंकले ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर विभिन्न अतिरिक्त बैंकिङ सेवाहरू समेत उपलब्ध गराउने भनिएको छ। जसअन्तर्गत बचत तथा निक्षेप सुविधा, डिजिटल बैंकिङ सेवा, कर्जा सुविधा, कार्ड सेवालगायतका बैंकिङ सुविधाहरू समावेश रहने जनाइएको छ।माछापुच्छ्रे बैंक लिमिटेडले अन्य विभिन्न सरकारी कार्यालयहरुको तलब व्यवस्थापन खाता संचालन गरिरहेको पनि जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend