जन आकाश
काठमाडौं । आज राति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको छ।निगमले पेट्रोल प्रतिलिटर ३ रूपैयाँ, डिजेल र मट्टितेल ५ रूपैयाँ वृद्धि गरेको छ।यस्तै, हवाई इन्धन आन्तरिकतर्फ रु २० र अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले वृद्धि भएको छ।
इण्डियन आयल कर्पोरेसनले ३१ जुलाइ, २०२६ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २० रुपैयाँ १९ पैसा, डिजेलमा ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ६ पैसा बढेर आएको छ।नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर २०० रुपैयाँ पुगेको छ।
सुर्खेत र दाङमा १९९ रूपैयाँ कायम भएको छ।त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगन्ज, भलवारी, धनगढी र वीरगन्जमा १९७ रुपैयाँ ५० पैसा पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।
यसअघि पेट्रोल प्रतिलिटर १९७ र डिजेलरमट्टितेल प्रतिलिटर १९५ रहेको थियो।पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रूपमा एक अर्ब ४९ करोड बराबरको घाटा हुने आज जारी विज्ञप्तिमा उल्लेख छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend