logo बुधबार, साउन २० २०८३ | Wednesday 5th August 2026

एभरेष्ट बैलको लाभांश क्षमता ३८.३२, नाफा ५ अर्ब नाघ्यो,


  • जन आकाश
  • बुधबार, साउन २० २०८३

काठमाडौं । एभरेष्ट बैंकको गत आर्थिक वर्ष २०८२र८३ मा खुद नाफा ४.७५ प्रतिशत बढेर ५ अर्ब ६ करोड ९९ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा बैंकले ४ अर्ब ८३ करोड ९९ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ०.९६ प्रतिशत बढेर ९ अर्ब १९ करोड ४ लाख ५९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ९ अर्ब १० करोड २३ लाख २४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।



समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ९४ करोड ७२ लाख ६३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ११ अर्ब ८६ करोड ४६ लाख २५ हजार रुपैयाँ र सञ्चालन नाफा ७ अर्ब ३८ करोड ४४ लाख ५२ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ५३ करोड ४ लाख ९७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ११ अर्ब १७ करोड ६ लाख १७ हजार रुपैयाँ र सञ्चालन नाफा ७ अर्ब ३४ करोड ८४ लाख १७ हजार रुपैयाँ थियो । गत वर्ष बैंकको वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख १५ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ३८.३२ प्रतिशत रहेको छ ।

१३ अर्ब ७२ करोड १३ लाख ७६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ७२ करोड ७८ लाख २५ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन ५.७५ प्रतिशत बढेर ३ खर्ब १६ अर्ब १ लाख ८५ हजार रुपैयाँ र कर्जा लगानी १०.३६ प्रतिशत बढेर २ खर्ब ३५ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षको असारसम्म बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब ४३ करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको निक्षेप कर्जा अनुपात ७७.५७ प्रतिशत रहेको छ ।

बैंकको नाफा बढेपनि प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्ष ३७.३९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर ३६.९५ रुपैयाँमा सीमित भएको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात १८.८१ गुणा छ भने प्रतिसेयर नेटवर्थ २५६.४७ रुपैयाँ छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend