logo शुक्रबार, साउन २२ २०८३ | Friday 7th August 2026

सरकारले सार्वजनिक गर्‍यो संशोधित तलबमान र प्रोत्साहन भत्ता


  • जन आकाश
  • बिहिबार, साउन २१ २०८३

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३र८४ को यही साउनदेखि लागु हुने तलबमान सार्वजनिक गरेको छ। यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेको थियो । गत जेठ १५ गते बजेटमार्फत सरकारले १० प्रतिशत तलबमान वृद्धि गर्ने र १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो। मन्त्रालयले बुधबार सरकारी निकायलाई गरेको पत्राचारमा नयाँ तलबमानको विषयमा जानकारी गराएको हो।



निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीले ९निवृत्तभरण प्रयोजन०का लागि अनुसूची एक देखि आठ सम्मको नयाँ तलबमान एवम् एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पछि कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता बापतको रकम पाउने छन् ।

सो अनुसार मुख्य सचिवको सुरुको तलबमान ८४ हजार ९३२, राजपत्रांकित विशिष्ट श्रेणीको ७९ हजार २९०, अतिरिक्त सचिव (पेन्सन प्रयोजन)का लागि ६६ हजार ५३९ तोकेको छ। त्यसैगरी राजपत्राङ्कित प्रथमको लागि ६२ हजार ४६६ तोकिएको छ। त्यस्तैगरी राजपत्राङ्कित द्वितीयको ५३ हजार ६११, राजपत्राङ्कित तृतीयको ४८ हजार ५८ तलबमान तोकिएको छ।

त्यसैगरी राजपत्र अनङ्कित प्रथम अतिरिक्त मान पेन्सनको लागि ४१ हजार ५१७, राजपत्र अनङ्कित प्रथम ३८ हजार २०३, राजपत्र अनङ्कित द्वितीय अतिरिक्त मान पेन्सन ३७ हजार ४०७, राजपत्र अनङ्कित द्वितीय ३६ हजार १९२, राजपत्र अनङ्कित तृतीयको लागि ३० हजार ३७३ र राजपत्र अनङ्कित चतुर्थको लागि २८ हजार ६९० तोकिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend