जन आकाश
काठमाडौं। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत बम्पर उपहार जित्ने बिजेता घोषणा भएको छ।
विभागले अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा शुक्रबार बिहान विजेता घोषणा गरेको थियो।पहिलो १ लाख ३३ हजार ३३४ रूपैयाँ प्राप्त गर्ने १५ जनाको घोषणा पछि बम्पर उपहार कार्यक्रम अन्तर्गत १० लाख रूपैयाँ जित्ने विजेता घोषणा गरिएको थियो।
उक्त बम्पर उपहार ००७३१५२५४४९३ कुपन नम्बर भएका व्यक्तिले जितेका छन्।ती करदाताले शिवकृष्ण जनरल स्टोरबाट २५० रूपैयाँको सामान किनेको बिल उपहार कार्यक्रममा समावेश गरेका थिए। उनले २५ प्रतिशत कर कट्टा गरी ७ लाख ५० हजार रूपैयाँ पाउनेछन्।यी १५ जनाले पाए १ लाख पुरस्कार निम्न कुपन नम्बर भएका १५ जनाले १ लाख ३३ हजार ३३४ रूपैयाँ उपहार प्राप्त गरेका छन् —
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend