logo शनिबार, साउन २३ २०८३ | Saturday 8th August 2026

राप्रपाले सरकारमा नजाने निर्णय गरेपछि नयाँ सत्ता समीकरण पेचिलो


  • जन आकाश
  • शुक्रबार, साउन २२ २०८३

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले सरकारमा सहभागी नहुने निर्णय गरेको छ। नेकपा एमाले र नेकपाले नयाँ सरकार गठन गर्न राप्रपासँग सहयोग मागेका थिए। तर राप्रपाले पार्टी सरकारमा सामेल नहुने निर्णय गरेको छ। वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकारको सत्ता समीकरणको गणितीय चलखेलमा सामेल नहुने बिहीबार बेलुकी बसेको बैठकले निर्णय गरेको हो।



संसदीय दलको बैठकमा राप्रपाका १२ जना सांसदहरू सहभागी थिए। उनीहरूले सरकारमा सामेल नहुने संसदीय दलको निर्णयमा हस्ताक्षर गरेका छन्।

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले पनि प्रदेशहरूमा पार्टी सरकारमा सामेल नहुने निर्णय गरेको थियो। सोही निर्णयलाई बागमती संसदीय दलले पनि निरन्तरता दिएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

बागमतीमा नयाँ सरकार बनाउन बहुमत जुटाउन नेकपा एमाले र नेकपालाई दुईजना सांसदको आवश्यकता पर्छ। राप्रपा सरकारमा सामेल नहुने भएपछि नेकपा एमाले र नेकपालाई नयाँ सरकार बनाउन थप असहज भएको छ।

बागमतीमा नेपाली कांग्रेस संसदीय दल नेता इन्द्रबहादुर बानियाँ नेतृत्वमा सरकार छ। यसअघिको सत्ता साझेदार एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता गरिसकेको छ। मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनुपर्ने अवस्था छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend