logo शुक्रबार, साउन २२ २०८३ | Friday 7th August 2026

संसद्‍मा कालो चस्मा नलगाउन सभामुखको निर्देशन


  • जन आकाश
  • शुक्रबार, साउन २२ २०८३

काठमाडौं। प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल तथा सांसद खगेन्द्र सुनारलगायत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित केही नेताहरूको पहिचान बनेको कालो चस्मा अब संसद्‍मा बहसको विषय बनेको छ।



संसद्‍मा आउँदा समेत कालो चस्मा प्रयोग गर्ने उनीहरूको शैलीप्रति प्रश्न उठेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा तोकिएको पोशाक र मर्यादा पालना गर्न निर्देशन दिएका छन्।

संसद्को गरिमा र मर्यादा कायम राख्न सांसदहरूले तोकिएको ड्रेसकोड, सांसद लोगो अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने र कालो चस्मा नलगाउन सभामुखले निर्देशन दिएको उनका स्वकीय सचिव नवराज पाण्डेले जानकारी दिए।

बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद्को मर्यादा, सांसदहरूको अनुशासन तथा पोशाकसम्बन्धी विषयमा छलफल भएको थियो। छलफलका क्रममा सभामुख अर्यालले सांसदहरूलाई निर्धारित पोशाक र आचरण पालना गराउन सम्बन्धित दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई आग्रह गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend