logo शुक्रबार, साउन २२ २०८३ | Friday 7th August 2026

देउवा स्वदेश फर्किने विषयमा प्रहरी अध्ययनमा


  • जन आकाश
  • शुक्रबार, साउन २२ २०८३

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा छिटै स्वदेश फर्किने उनीनिकट नेताहरूले बताइरहेका छन् । गत भदौमा भएको जेनजी आन्दोलनमा गम्भीर घाइते भएका देउवा यतिबेला उपचारको क्रममा हङकङमा छन् ।



उनी यही साउन २६ गते साँझ स्वदेश फर्किने तालिका छ । देउवा फर्किने विषयमा नेपाल प्रहरीले पनि अध्ययन गरिरहेको बताएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा देउवा नेपाल फर्किनेबारे सोधिएको प्रश्नमा प्रहरी प्रवक्ता अबिनारायण काफ्ले भन्छन्, ‘हामी हेर्दैछौं। बुझ्ने काम हुँदैछ ।’

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend