जन आकाश
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न आफू बाँडे गाउँ आएको प्रतिक्रिया दिएका छन्।
आज कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा कार्यकर्ताहरूसहित पुगेका खड्काले भने, ‘पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न आएको किसुनजीको आश्रममा।’
खड्का बाँडे गाउँस्थित आश्रम पुगेको र उनले दिएको प्रतिक्रिया सचिवालयले सञ्चार माध्यमहरूलाई पठाएको हो। खड्काले गत भदौ २४ मा आगजनी भएको आश्रम भदौ २८ मा निरीक्षण गरेका थिए। त्यसपछि उनी दोस्रो पटक आज आश्रम पुगेका थिए।
खड्कासँगै नेताहरू रामहरि खतिवडा, ईश्वरी न्यौपाने, ऐनबहादुर शाही, कान्तिका सेजुवाल, अम्बिका बस्नेत, कृष्णप्रसाद पौडेल, कर्णाली सभापति ललितजंग शाहीलगायत नेताहरू बाँडे गाउँ पुगेका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend