logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

तर्साएर तर्सिन्न, दबाएर दबिन्न’,कांग्रेस सभापति थापा


  • जन आकाश
  • सोमबार, साउन २५ २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विधानको सीमाभित्रै रहेर पार्टीमा सबैलाई जोड्ने बताएका छन्। उनले कांग्रेसमा चार पुस्ता एकैसाथ क्रियाशील रहेकोले सबैको सम्मान हुने गरी विधानको सीमाभित्रै रहेर काम गरिने बताए।



‘एउटा कुरा ख्याल गरिदिन आग्रह गर्छु, तर्साएर चाहिँ म तर्सिन्न। दबाएर म दबिन्न। फकाएर फकिन्न। विधानको सीमा थाहा छ। विधानको सीमाभित्र बस्छु। सबैलाई जोडेर लैजाने हो। चार पुस्ता छन् यो पार्टीमा,’ केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समिति बैठकमा सभापति थापाले भने, ‘नेताहरूप्रति ठूलो सम्मान छ, सबैलाई जोडेर लैजानुपर्छ, सबैसँग संवाद भइरहेको छ।’

उनले विशेष महाधिवेशनमा भाग लिएका वा नलिएका आधारमा कसैमाथि भेदभाव नगरिने बताए। असोजमा १५ औं महाधिवेशन हुने भन्दै उनले क्रियाशील अद्यावधिकमा छुटेकालाई समेट्नेलगायत कारण वडालगायत केही तहको अधिवेशन कार्यतालिका हेरफेर हुन सक्ने बताए।

साथै उनले विशेष महाधिवेशनबारे सर्वोच्च अदालतमा मुद्दा रहेकोले सानका साथ मुद्दा लडिने बताएका छन्। आफूप्रति पार्टीकै केही नेताहरूले निन्दा गरिएको प्रसंगसमेत उनले सुनाएका थिए।

‘कहिलेकाहीँ मेरै पार्टीका साथीहरूले मप्रति प्रयोग गर्नुभएको शब्दहरू निन्दाहरूको बारेमा आश्रयस्थलमा परिवारले कुरा गर्नुहुन्छ, सामाजिक सञ्जाल यस्तै हुन्छ यसले निन्दाका बारेमा धेरै बताउँछ, मलाई माया गर्ने मानिस तल गाउँ र टोलमा छरिएर बसेका छन्। उनीहरूले मलाई माया नगरेको भए घेराबन्दीका बीच म बाँचेर आउँदैनथेँ।’

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend