logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कृषि विकास बैंकको नाफा २९ प्रतिशत घट्यो, २ अर्ब ६३ करोडमा सीमित


  • जन आकाश
  • सोमबार, साउन २५ २०८३

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षमा २ अर्ब ६३ करोड रुपैयाँ नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २९.२१ प्रतिशत कम हो।



अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। प्रोभिजनिङ बढेर ब्याज आम्दानी खुम्चिँदा नाफा प्रभावित भएको हो। बैंकको ब्याज आम्दानी ३.४५ प्रतिशतले घटेर ९ अर्ब १२ करोड रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ९ अर्ब ४४ करोड रुपैयाँ थियो।

यस्तै, नेट फि कमिसन १ अर्ब ६२ करोड रुपैयाँबाट बढेर १ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ।बैंकको खराब कर्जा भने बढेको छ। अघिल्लो वर्ष ३.४४ प्रतिशत रहेको खराब कर्जा बढेर ४.०७ प्रतिशत पुगेको छ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब २६ करोड रुपैयाँ छ। जसअनुसार बैंकको लाभांश क्षमता ६.५४ प्रतिशत देखिन्छ। बैंकको कष्ट अफ फण्ड २.९७ प्रतिशतमा आएको छ।

बैंकको कर्जा २ खर्ब १२ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४७ अकरोड रुपैयाँ पुगेको छ। बैंकको पुँजीकोष अनुपात १३.९३ प्रतिशतबाट घटेर १३.२९ प्रतिशत पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend