logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रास्वपाले सुरु गर्‍यो ‘हामी सुन्छौं’ अभियान


  • जन आकाश
  • सोमबार, साउन २५ २०८३

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले ‘हामी सुन्छौं’ अभियान सुरु गरेको छ। काठमाडौंको केन्द्रीय कार्यालय ‘घन्टीघर’मा आजदेखि यो अभियान औपचारिक रूपमा सुरु गरिएको हो।



नागरिकका समस्या, गुनासा तथा सुझावलाई प्रत्यक्ष रूपमा सुन्ने र सम्भव भएसम्म त्यसको समाधान तथा सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको रास्वपाको केन्द्रीय कार्यालयले जनाएको छ।

पार्टीका अनुसार अभियानमार्फत नागरिकले आफ्ना समस्या तथा सुझाव प्रत्यक्ष रूपमा पार्टीका प्रतिनिधिसमक्ष राख्न सक्नेछन्। नागरिक र पार्टीबीचको सम्बन्धलाई थप प्रत्यक्ष र प्रभावकारी बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताइएको छ।

‘हामी सुन्छौं’ अभियानअन्तर्गत आज केन्द्रीय सदस्य अंकितकुमार यादव र प्रतिनिधिसभा सदस्य अंकिता ठाकुर केन्द्रीय कार्यालयमा उपस्थित छन्। उनीहरूले कार्यालयमा आएका नागरिकका गुनासा, समस्या तथा सुझाव सुन्ने र आवश्यक विषयमा सहजीकरण गर्नेछन्।

रास्वपाले नागरिकका आवाजलाई प्राथमिकताका साथ सुन्दै समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय तथा आवश्यक पहल गर्ने जनाएको छ। अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend