जन आकाश
काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले संसदको गरिमा र मर्यादा कायम राख्न सांसद तथा प्रधानमन्त्री–मन्त्रीका लागि सांस्कृतिक, राष्ट्रिय वा औपचारिक पोसाक अनिवार्य गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पोखरेलले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई टिसर्टलगायत अनौपचारिक पोसाक लगाएर संसद् प्रवेश गर्न रोक लगाउनुपर्ने बताए।
उनले संसदको लोगोसमेत कोट, हाफकोट र ओभरकोटबाहेक टिसर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सललगायतका पोसाकमा प्रयोग गर्न रोक लगाउनुपर्ने धारणा राखे।
‘संसदको लोगो कोट, हाफकोट, ओभरकोटबाहेक टिसर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सल आदिमा लगाउन रोक लगाइयोस्। संसदीय पोसाकसम्बन्धी अनुशासन कायम गर्न रुलिङको माग गर्दछु,’ उनले भने। पोखरेलले संसद् जस्तो गरिमामय संस्थामा पोसाकसम्बन्धी निश्चित मापदण्ड र अनुशासन आवश्यक रहेको बताएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend