logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कांग्रेसको राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्म हुने


  • जन आकाश
  • मंगलबार, साउन २६ २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीको राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने बताएका छन्।



राष्ट्रिय भेला स्थगित भएको भन्दै सामाजिक सञ्जालमा नक्कली पत्र सार्वजनिक भइरहेकोप्रति ध्यानाकर्षण गराउँदै विश्वकर्माले कुनै भ्रममा नपर्न आग्रह गरेका छन्।

‘राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने कुरा सुनिश्चित छ,’ उनले भने, ‘कुनै भ्रममा नपर्न अनुरोध गर्दछौं।’

उनका अनुसार पूर्वमहामन्त्री शशांक कोइरालाको नेतृत्व तथा शीर्ष नेताहरूको समर्थनमा राष्ट्रिय भेला आयोजना हुन लागेको हो। भेलामा पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने उनले बताए।

देउवा साउन २८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। उनलाई स्वागत गर्न कोइरालाको नेतृत्वमा कांग्रेसका नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने तयारी गरिएको छ।

गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नभएका कांग्रेस नेताहरूले विभिन्न प्रदेशमा भेला सम्पन्न गरेपछि राष्ट्रिय भेला आयोजना गर्न लागेका

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend