logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

६५ मेगावाटको दूध खोला जलविद्युत आयोजनामा एनएमबी बैंकको मुख्य लगानी


  • जन आकाश
  • मंगलबार, साउन २६ २०८३

काठमाडौं । एनएमबी बैंकले मनाङमा निर्माण भइरहेको ६५ मेगावाट क्षमताको दूध खोला जलविद्युत आयोजनामा मुख्य लगानीकर्ताका रूपमा वित्तीय व्यवस्थापन गरेको छ।



दूध खोला हाइड्रो पावर कम्पनी प्रालिद्वारा प्रवर्द्धित आयोजनाको प्रमुख लगानीकर्तामा माउण्टेन इनर्जी नेपाल लिमिटेड तथा सीताराम तिमिल्सिना समूह रहेका छन्।

आयोजनामा एनएमबी बैंक अगुवा बैंकका रूपमा रहेको छ भने सानिमा बैंक लिमिटेड सह–अगुवा बैंकको भूमिकामा छ। आयोजनाको कुल अनुमानित लागत १२ अर्ब ९० करोड रुपैयाँ रहेको छ। जसमध्ये बैंक तथा वित्तीय संस्थाबाट ९ अर्ब ६७ करोड रुपैयाँ ऋण लगानी हुने बताइएको छ।

ऋण सम्झौतामा एनएमबी बैंकका सहायक महाप्रबन्धक दिनेश दुलाल र दूध खोला हाइड्रो पावर कम्पनीका अध्यक्ष अरुण केसीले हस्ताक्षर गरेका छन्।

एनएमबी बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको जनाएको छ। बैंकले नेपाल राष्ट्र बैंकको वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका, २०२२ अनुसार वातावरणीय तथा सामाजिक नीति तथा व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै लगानीका वातावरणीय तथा सामाजिक पक्षको मूल्यांकनका आधारमा जिम्मेवार लगानी गर्दै आएको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend