logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

प्रधानमन्त्री बालेन र सभामुख अर्यालबीच भेटवार्ता


  • जन आकाश
  • मंगलबार, साउन २६ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डोलप्रसाद अर्यालबीच आज भेटवार्ता भएको छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।



भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद्को आगामी कामकारबाहीलगायत विषयमा कुराकानी भएको बताइएको छ। यद्यपि, छलफलका विषयमा सभामुखको सचिवालयले थप विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend