logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध


  • जन आकाश
  • मंगलबार, साउन २६ २०८३

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्।



सिंहदरबारस्थित संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नासाथ नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्।

गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर विरोध गर्दै आएका छन्। प्रधानमन्त्री शाहले भारतले नेपालको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएपछि त्यसप्रति विपक्षीहरूले आपत्ति जनाउँदै आएका हुन्।

विपक्षी दलहरूले प्रधानमन्त्री शाहले उक्त अभिव्यक्तिबारे संसद्मा स्पष्ट पार्नुपर्ने र अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गर्दै आएका छन्। तर, हालसम्म प्रधानमन्त्रीले त्यसबारे स्पष्टीकरण दिएका छैनन् भने सभामुख अर्यालले पनि उक्त अभिव्यक्ति अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छैनन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend