जन आकाश
काठमाडौं । कुमारी बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व,सीएसआर कार्यक्रमअन्तर्गत नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा,पेडियाट्रिक केयर सुदृढीकरणका लागि उक्त सहयोग गरेको हो ।
बैंकका अनुसार सहयोग रकम विशेषगरी हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा तथा उपकरण व्यवस्थापनमा प्रयोग गरिनेछ । बढ्दो बिरामी चाप र सघन उपचार सेवाको आवश्यकता बढ्दै गएपछि केन्द्रको सेवा थप प्रभावकारी बनाउन सहयोग गरिएको बैंकले जनाएको छ ।
नेपाल सरकारअन्तर्गत सञ्चालित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र देशकै प्रमुख विशिष्टीकृत हृदय रोग उपचार केन्द्रमध्ये एक हो । केन्द्रले देशका विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रबाट उपचारका लागि आउने आर्थिक रूपमा विपन्न, सीमान्तकृत तथा जोखिममा रहेका नवजात शिशु तथा बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
कुमारी बैंकले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको विश्वास गर्दै आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका वर्गको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । बैंकका अनुसार पछिल्लो सहयोगले नवजात शिशु तथा बालबालिकाको उपचारको गुणस्तर अभिवृद्धि, जीवनरक्षा दरमा सुधार तथा स्वास्थ्य सेवामा रहेको असमानता न्यूनीकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल भावनाअनुरूप बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासलगायतका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
२५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइमामार्फत लाखौँ ग्राहकलाई सेवा दिइरहेको जनाएको छ । बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend