logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

ग्लोबल आइएमई बैंकको नाइमा अटो एक्सपो अफर : न्यूनतम ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन


  • जन आकाश
  • मंगलबार, साउन २६ २०८३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ।



बैंकका अनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी अटो लोन लिन सक्नेछन्। यसअनुसार हालको आधारदरमा कर्जाको न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ।

आधारदरमा हुने परिवर्तनअनुसार उक्त कर्जाको ब्याजदरसमेत स्वतः समायोजन हुनेछ। यसले आधारदर घट्दा ग्राहकले कम ब्याजदरमा कर्जा लिन सक्ने व्यवस्था गरेको छ।

त्यस्तै, बैंकले नाइमा अटो एक्सपोमा नयाँ विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्ने ग्राहकका लागि तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउने योजना पनि ल्याएको छ। तीन वर्षपछि भने उक्त कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी निर्धारण गरिने बैंकले जनाएको छ।

ग्राहकको सहजताका लागि ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोमै आफ्नो स्टल राखेर कर्जा प्रक्रिया अघि बढाउने व्यवस्था गरेको छ। ग्राहकले बैंकको स्टलबाटै कर्जाका लागि आवेदन दिन सक्नेछन्।

आवश्यक कागजात पूरा गरेपछि बैंकले गाडी खरिदका लागि अधिकतम तीन दिनभित्र स्वीकृतिपत्र उपलब्ध गराउने जनाएको छ। यसबाट एक्सपोमा गाडी खरिद गर्न चाहने ग्राहकलाई कर्जा प्रक्रियामा थप सहजता हुने बैंकको विश्वास छ।

आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको छ। बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ तथा ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेस्ट एम्प्लोयर’ लगायतका प्रतिष्ठित पुरस्कारसमेत प्राप्त गरिसकेको छ।

ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकले ३४१ शाखा कार्यालय, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

यसका साथै बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा विप्रेषण भित्र्याउँदै आएको छ। बैंकले यसमार्फत नेपालको अर्थतन्त्रमा समेत योगदान पुर्‍याउँदै आएको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend