जन आकाश
काठमाडाैं । एलपी ग्यास उद्योग संघ नेपालले यतिवेला बजारमा ग्यासको अभाव हुनुमा विश्व परिस्थिका कारण सरकारले आधा सिलिन्डिर मात्रै दिने निर्णय गरेको त्यसो गर्दा अत्याधिक सिलिन्डिर होल्ड भएको र पछि सिलिन्डिर फुल भर्नको लागी सिलिन्डिर अभाव भएको कारण र ग्यास अभाव होला भनेर सवैले एकैपटक धेरै भन्दा धेरै ग्यास स्टक राख्न खोजेको कारण यस्तो समस्या आएको हो । त्यसकारण सवै उपभोक्ताहरु सवै मिलेर यो अभावलाई टार्न हात्तेमाले गरौ भनि एलपी ग्यास उद्योग संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठको हस्ताक्षर भएको विज्ञप्तिमा उल्लेख छ । बिज्ञप्ति जस्ताको तस्तै तल उल्लेख गरेका छौ ।
“हाद्धिक अपिल
सम्पुर्ण एल.पि ग्यास उपभोक्ता महानुभावहरू,
पछिल्लो समय एल.पि ग्यासको मागलाई लिएर आम उपभोक्ताहरू विभिन्न स्थानमा एल.पि ग्यासका लागी लाईन बस्नु परेको र लाइन बस्दा समेत ग्यास नपाएर भौतारिनु परेको परिस्थितिबाट यस संघको गम्भिर ध्यानाकर्षण भएको छ ।
तत् सम्वन्धमा विगत समयमा तेश्रो मुलुकमा भएको अप्रत्यासिक द्वन्द्वका कारण ग्यास आयात प्रभावित भई आम उपभोक्ताहरूको सहजताको लागी आधा सिलिण्डर (७.१) के.जि ग्यास मात्र उपलव्ध गराएको व्यहोरा विधितै रहेको छ। वर्तमान सन्दर्भमा अन्तराष्ट्रिय परिस्थिति सुध्रिएर गएको ग्यासको आयात साविक बमोजिम नियमित भएको र आम उपभोक्ताहरूको चाहाना पनि भरी सिलिण्डर (१४.२) के.जि मा भएको साथै उद्योगीहरूको र आम उपभोक्ताहरूको अनावश्यक व्यय भार थपिएका कारण साविक बमोजिम भरी सिलिण्डर प्रयोग नियमित गरिएको व्यहोरा जानकारी गराउदछौं । आयात नियमित हुदाँ पनि बजारमा ग्यास अभाव देखिनुको मुख्य कारण विगत ४ महिनाको अवधिमा करिव ४५ हजार मे.टन ग्यास नियमित खपत भन्दा कम आयात हुनु, आवश्यकता भन्दा धेरै लामो समय आधा सिलिण्डरको प्रयोग हुनु र आम उपभोक्ताहरूमा ग्यास पाइदैन कि भन्ने सोचले सबै खाली सिलिण्डरहरू एकै पटक भर्न खोज्नु हो। यस समस्याको उचित समाधानका लागी हामी सबै नेपाल आयल निगम लि. उद्योगीहरू, विक्रेताहरू र आम उपभोक्ताहरूले एक आपसमा हातेमालो गर्न सक्यो भने निकै छोटो समयमा समस्याबाट वाहिर निस्कन र बजार सहज बनाउन सकिन्छ। त्यसका लागी आम उपभोक्ताहरू जो संग कम्तिमा एक महिना पुग्ने ग्यास मौजाद छ सो वर्गहरूले तत्काल लाईनमा नबसिदिने, विक्रेताले उपलब्ध भएको ग्यास आम उपभोक्ताहरूलाई प्राथमिकतामा राखेर पारदर्शी र व्यवस्थित ढंगले वितरण गर्ने, उद्योगहरूले आम उपभोक्ताहरूलाई ध्यानमा राखेर पारदर्शि र व्यवस्थित ढंगले बजारमा ग्यास पठाउने र निगमले बजार सहज नहुन्जेल नियमित भन्दा वढि ग्यास आयात गर्ने कार्यमा सवै पक्ष ईमान्दार र कर्तव्यनिष्ठ भएर लागेमा बजार सहज हुनेछ । हाम्रो सानो भुमिकाले ग्यास नपाएर भौतारिनु परिरहेका आम एल.पि ग्यास उपभोक्ताहरूलाई ठुलो सहयोग पुग्नेछ। तसर्थ हामी सबै ईमान्दार र कर्तव्यनिष्ठ भएर ग्यासको बजार यथासक्य चाँडो सहज बनाउने अभियानमा लाग्न यस संघ सम्पुर्ण एल.पि ग्यास उपभोक्ताहरूमा हार्दिक अपिल गर्दछ ।”
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend