logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

देउवाको स्वागतमा ५–७ हजार नेता–कार्यकर्ता जुटाउने इतर समूहको तयारी


  • जन आकाश
  • बुधबार, साउन २७ २०८३

 काठमाडौं । करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको भव्य स्वागतको तयारी गरिएको छ।



राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा। शशांक कोइरालाको नेतृत्वमा स्वागतको तयारी भइरहेको नेता मीन विश्वकर्माले बताए। देउवा २८ गते दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिनेछन्।

उनले भने, ‘हामीले स्वागत गर्न पाउनुपर्छ भनेर नै उहाँलाई दिउँसो आउने गरी मिलाइएको हो। संयोजककै नेतृत्वमा पार्टीका शीर्ष नेताहरू स्वागतमा जानुहुन्छ।’

उनले देउवाको स्वागतमा करिब ५ देखि ७ हजार नेता कार्यकर्ता एयरपोर्टमा उपस्थित हुने अनुमान गरेको बताए। उनले थपे, ‘हामी छलफलमा छौँ। आज दिउँसो २ बजे पनि भेला आयोजक समितिको बैठक बस्दै छ। समय बाँकी नै छ। हामीले उहाँको स्वागतमा करिब ५ देखि ७ हजार नेता कार्यकर्ता उपस्थित हुने अनुमान गरेका छौँ।’

८२ फागुन १३ गते सिंगापुर उडेका देउवा राष्ट्रिय भेलाको छेको पारेर काठमाडौं फर्किन लागेका हुन्। आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट निस्सा पाएपछि यो समूह हौसिएको छ।

देउवा समूह भेलाको तयारीमा केन्द्रित हुँदा संस्थापन पक्ष भने महाधिवेशनको तयारीमा जुटेको छ। थप निर्णयको लागि दुई दिनदेखि केन्द्रीय समिति बैठक जारी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend