logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

प्रचण्डको आह्वान,युवाको ऊर्जा राष्ट्र निर्माणमा रूपान्तरण गरौँ


  • जन आकाश
  • बुधबार, साउन २७ २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।



नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनमा युवाहरूको संघर्ष, साहस र योगदान सदैव महत्त्वपूर्ण रहँदै आएको उनले बताएका छन्
संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार निर्माणमा युवाहरूको सक्रिय भूमिका अपरिहार्य रहेको उनको आग्रह छ ।

अगाडि लेख्छन्, ‘युवालाई शिक्षा, सीप, क्षमता विकास र रोजगारीका पर्याप्त अवसर प्रदान गर्दै उनीहरूको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गरौँ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend