logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

राष्ट्रिय सभा बैठकमा एलपी ग्यास अभावप्रति ग्यासकै चर्चा


  • जन आकाश
  • बुधबार, साउन २७ २०८३

काठमाडौं । राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा सांसदहरूले बजारमा देखिएको एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। शून्य समयमा बोल्दै सांसदहरूले ग्यासको अभावसँगै शान्ति सुरक्षा, महँगी, रासायनिक मल तथा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्।



सांसद कमला पन्तले बजारमा ग्यासको हाहाकार हुँदा पनि सरकारले आपूर्ति सहज रहेको दाबी गर्नु लज्जास्पद भएको बताइन्। उनले जनताको घरमा चुलो बल्न छाडेको भन्दै तत्काल समस्या समाधानका लागि सरकारलाई रुलिङ गर्न माग गरिन्।

एमाले सांसद मदनकुमारी शाह (गरिमा) ले डेलिभरीको नारा दिने सरकारले नागरिकलाई ग्यासका लागि घण्टौँ लाइनमा बस्न बाध्य बनाएको भन्दै आलोचना गरिन्। तुलप्रसाद विश्वकर्मा र नरबहादुर विष्टले पनि ग्यास अभावप्रति सरकार गम्भीर नभएको आरोप लगाए।

बैठकमा सांसदहरूले माइतीघरमा ११६ दिनदेखि धर्नारत दिपा नेपालीको माग सम्बोधन गर्न, सुनसरीको देवानगन्ज र सिराहाको गोलबजारमा भएका घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई क्षतिपूर्ति दिन माग गरे।

त्यस्तै, सांसदहरूले सुकुम्वासी बस्तीमा डोजर, रासायनिक मलको अभाव, महँगी, स्वास्थ्य उपकरण बिग्रिएको तथा विद्युतमा भ्याट लगाइएको विषयमा समेत सरकारको आलोचना गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend