logo बिहिबार, साउन २८ २०८३ | Thursday 13th August 2026

आईजीपीलाई जिम्मेवारीबाट हटाएर प्रहरीभित्र भएको अनियमितताबारे छानबिन गर्न खगेन्द्र सुनारको माग


  • जन आकाश
  • बुधबार, साउन २७ २०८३

काठमाडौं । काठमाडौं । सत्तारूढ दलका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीमा जुत्ता, मोजा, कपडालगायतका सामान खरिदमा अनियमितता भएको विषयमा तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्।



लेखा समितिको बैठकमा बोल्दै प्रहरी महानिरीक्षक ९आईजीपी०माथि प्रश्न उठिसकेको अवस्थामा पदमै राखेर छानबिन गर्न नहुने बताए।उनले भने, ‘तत्काल छानबिन समिति बनाउनुपर्छ, आरोपित मानिसहरूलाई जिम्मेवारीबाट बाहिर राख्नुपर्छ र निष्पक्ष ढङ्गले छानबिन गरिनुपर्छ।’

उनले आरोपित पदाधिकारीलाई जिम्मेवारीबाट अलग गरी निष्पक्ष छानबिन गर्नुपर्ने माग राखे। प्रहरीका लागि खरिद गरिने जुत्ता, मोजा, कपडा तथा अन्य सामग्रीमा अनियमितता हुँदा त्यसको प्रत्यक्ष असर गरिब तथा निम्न वर्गबाट भर्ती भएका प्रहरी र म्यादी प्रहरीमाथि पर्ने बताए।

निर्वाचनका क्रममा ठूलो सङ्ख्यामा म्यादी प्रहरी भर्ती हुने गरेकाले उनीहरूले दुःख गरेर कमाएको पैसामा समेत बदमासी गर्न नहुने बताए। ठेकेदार छनोट प्रक्रियामै अनियमितता भएको हुन सक्ने आशङ्का छ।

उनले भने, प्रहरी सङ्गठनसँग ठेकेदारहरूको सम्बन्ध र मिलेमतोबारे समेत छानबिन गर्नुपर्छ। जिल्लास्तरमा प्रहरीका लागि सामान खरिद गर्ने प्रक्रियामा प्रहरीका कर्मचारी तथा पूर्व कर्मचारीसँग ठेकेदारको सम्बन्ध भएनभएको अध्ययन गरिनुपर्छ।

उनले प्रहरी खरिदसम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायमा परेको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताए। उनले तत्कालीन गृहमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षकलाई जिम्मेवारीबाट अलग गरी छानबिन गर्नुपर्ने बताए।

उनले भने, ‘आरोप लागेका व्यक्ति पदमै बसेर आफू विरुद्धको छानबिनमा प्रभाव पार्नसक्छ। बर्दी लाएर बसेर ल मलाई छानबिन गर भन्न पाइँदैन। सम्बन्धित ठेकेदार र प्रहरी अधिकारीबीचको सम्भावित सम्पर्क तथा आर्थिक कारोबारसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्छ। आवश्यक परे सम्बन्धित व्यक्तिका मोबाइल तथा अन्य प्रमाण नियन्त्रणमा लिएर फौजदारी कसुरको कोणबाट अनुसन्धान गर्नुपर्छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend