जन आकाश
काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा सुरु भएको छ।
राष्ट्रिय भेला आयोजक समिति संयोजक शशांक कोइरालाको नेतृत्वमा सुरु भएको भेलामा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश लेखक, मोहनबहादुर बस्नेत, ईश्वरी न्यौपाने, जितजंग बस्नेत, रामहरि खतिवडा र मीनबहादुर विश्वकर्मालगायत सहभागी छन्।
पूर्वप्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवा भने अहिलेसम्म भेलामा सहभागी भएका छैनन्। गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नभएका देउवापक्षीय नेताहरू भेलामा सहभागी भएका हुन्। भेलामा पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठन तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।
राष्ट्रिय भेला साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend