logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

ललिता निवास प्रकरणमा भट्टराई र नेपालसँग सर्वोच्चले माग्यो लिखित जवाफ


  • जन आकाश
  • शुक्रबार, साउन २९ २०८३

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि मुद्दा चलाउन माग गरिएको रिटमा दुवैसँग लिखित जवाफ माग गरेको छ।



प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेलको पूर्ण इजलासले बिहीबार विपक्षी दुवैलाई सूचना म्याद पाएको १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले भट्टराई र नेपालमाथि समेत मुद्दा चलाउन माग गर्दै २०८१ फागुन ८ गते रिट दायर गरेका थिए। रिटमा दुई पूर्वप्रधानमन्त्रीसहित काठमाडौं जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, पूर्वमुख्य सचिव लिलामणि पौडेल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महान्यायाधिवक्ताको कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई विपक्षी बनाइएको थियो।

रिटमाथि साउन २१ गते सुनुवाइ हुँदा हेर्दाहेर्दैमा राखिएको थियो। बिहीबारको इजलासले दुवै पूर्वप्रधानमन्त्रीसँग लिखित जवाफ माग्ने आदेश गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend