जन आकाश
काठमाडौं । पूर्वसांसद धवल शम्शेर राणाले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। शुक्रबार केही नेतासहित आयोग पुगेका राणाले आफ्नो नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ताका लागि निवेदन दिएका हुन्।
प्रस्तावित पार्टीको चुनाव चिह्न त्रिभुज राखिएको छ भने झण्डामा सेतो रंगको त्रिभुज चिन्ह रहनेछ। पार्टीमा तत्काल ७९ जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको सचिवालय प्रमुख सगुनसुन्दर लावतीले जानकारी दिए। निर्वाचन आयोगले केही दिनभित्र दल दर्ताको प्रमाणपत्र दिने बताइएको छ।
राप्रपाका पूर्वमहामन्त्री राणासहित १८३ नेताले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राप्रपा छाडेका थिए। त्यसपछि राणाले दुर्गा प्रसाईंसँग मिलेर नयाँ पार्टी गठन गर्ने सहमति गरेका थिए। तर नेतृत्वमा सहमति जुट्न नसकेपछि दुवै जना छुट्टाछुट्टै पार्टी गठनको तयारीमा लागेका हुन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend