जन आकाश
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला उद्घाटन गरेका छन्।
शुक्रबार काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा देउवाले तीनदिने राष्ट्रिय भेलाको उद्घाटन गरेका हुन्। भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको सभापतित्वमा आयोजित कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदारलगायत नेताहरू सहभागी छन्।
भेलामा कांग्रेस संस्थापनइतर पक्षका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend