logo शनिबार, साउन ३० २०८३ | Saturday 15th August 2026

मिसन पार्टी जागरण उद्घाटन गर्न ओली भोलि झापा जाँदै


  • जन आकाश
  • शुक्रबार, साउन २९ २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि गृह जिल्ला झापा जाने भएका छन्। उनी आइतबार बिर्तामोडमा हुने ‘मिसन पार्टी जागरण’ अभियान उद्घाटनका लागि झापा जान लागेका हुन्।



एमाले नेता रविन कोइरालाका अनुसार ओली शनिबार बिहान १० बजे झापा पुग्नेछन्। आदिवासी जनजाति महासंघको कार्यक्रममा सहभागी हुन उनी एक दिनअघि नै झापा जान लागेका हुन्।

झापा एमालेले आइतबार दिउँसो साढे १२ बजे बिर्तामोडबाट अभियान सुरु गर्दैछ। ओलीलाई अभियानको प्रमुख अतिथि बनाइएको छ। एमालेले यसअघि अन्य जिल्लामा महासचिव शंकर पोखरेललगायत नेताको नेतृत्वमा अभियान उद्घाटन गरिसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend