जन आकाश
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवाकै नेतृत्वमा कांग्रेस अघि बढ्ने बताएका छन्।
शुक्रबार कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेलाको उद्घाटन समारोहमा बोल्दै कोइरालाले कांग्रेसलाई एकजुट बनाउन भेला आयोजना गरिएको बताए । उनले कांग्रेस एकजुट भए कसैले पनि पराजित गर्न नसक्ने दाबी गरे।
देउवा आफ्नो नेता र सभापति रहेको उल्लेख गर्दै कोइरालाले भने, ‘उहाँको नेतृत्वमा नेपाली कांग्रेस हिँड्छ।’ देउवा भेलामा सहभागी भएसँगै कार्यक्रम थप सफल भएको उनको भनाइ थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend