जन आकाश
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डीपी अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसहित सांसदहरूले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवन परिसरमा ‘एक सांसद, एक वृक्षरोपण’ कार्यक्रमअन्तर्गत विभिन्न प्रजातिका बिरुवा रोपेका छन्।
संसद् परिसरलाई हरियालीयुक्त तथा वातावरणमैत्री बनाउने र वृक्षरोपणमार्फत वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सभामुख अर्याल, राष्ट्रियसभाका अध्यक्ष दाहालसहित सहभागी सांसदहरूले विभिन्न प्रजातिका फलफूल तथा अन्य बिरुवा रोपेका थिए।
कार्यक्रममा सहभागी सांसदहरूले वृक्षरोपणलाई औपचारिकतामा मात्र सीमित नगरी रोपिएका बिरुवाको संरक्षण, स्याहार तथा हुर्काउनेतर्फ समेत विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए। संसद् परिसरलाई हरियाली र वातावरणमैत्री बनाउने अभियानलाई निरन्तरता दिनुपर्ने उनीहरूको भनाइ थियो
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend