जन आकाश
काठमाडौं । जनआकाश साप्ताहिकले आफ्नो प्रकाशन यात्राको १८ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको अवसरमा जनआकाश मिडियाले आज काठमाडौंको कमलादीस्थित लेखनाथकक्षको हलमा १९औँ वार्षिकोत्सव समारोह कविता बाचन, संस्कूतिक प्रस्तुति,साथै जनआकाश मिडियाका संवाददाता बिनोद कार्कीद्दारा लिखित फुलभिरैमा गित लोर्कापणका साथ भव्य रूपमा आयोजना गर्दैछ।
आज दिउँसो १२ बजे आयोजना हुने समारोहमा प्रतिनिधि सभाकी निवर्तमान उपसभामुख माननीय इन्दिरा राना मगर ज्यु प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।
जनआकाश साप्ताहिकको १८ वर्ष यात्रालाई नेपाली पत्रकारितामा निरन्तरता, संघर्ष र जिम्मेवारीको यात्राका रूपमा लिइएको छ। यस अवधिमा जनआकाश मिडियाले जनसरोकारका विषय, सामाजिक मुद्दा तथा समसामयिक राजनीतिक र राष्ट्रिय विषयवस्तुलाई प्राथमिकताका साथ उठाउँदै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।
जनआकाश मिडियाका प्रधान सम्पादक मोहन कार्कीको लामो पत्रकारिता यात्रा, निरन्तर सक्रियता, त्याग र समर्पणले संस्थाको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ। पत्रकारिताप्रतिको प्रतिबद्धता र निरन्तर प्रयासकै परिणामस्वरूप जनआकाश साप्ताहिक आज १९औँ वर्षमा प्रवेश गर्न जनआकाश मिडिया सफल भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend