logo आइतबार, साउन ३१ २०८३ | Sunday 16th August 2026

‘अध्यक्ष हटाउने हो भने हटाएर देखाऊ’ओलीको खुला चुनौती


  • जन आकाश
  • आइतबार, साउन ३१ २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला चुनौती दिएका छन् । ‘अध्यक्षलाई हटाउने १ पार्टी सदस्य छ कि छैन रु’ इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने ।



खुला चुनौती दिंदै उनले भनेका छन्, ‘पार्टी अध्यक्ष हटाउने १ चिया मगाएको छ, चिया खाएको छ । अध्यक्ष हटाउने रु कहिले हो हटाउने १ हटाइदेऊ न । ढिलो भयो भने त छिटो हटाऊ त ।’

पार्टीभित्र अनुशासनहिनता, अराजकता देखा परेको भन्दै उनले ख्याल ठट्टामा अध्यक्ष हटाउने कुरा नगर्न चेतावनी दिए । ‘ख्याल(ख्याल जस्तो गरेर पार्टी अफिसको क्यान्टिनमा बसेर केही आभाराहरू अध्यक्ष हटाउने कुरा ‘ मानिलिऔं, ख्याल हो, ठट्टा हो जस्तो हो जस्तो गरेर’, उनले भने ।

अध्यक्ष ओलीले जसले अध्यक्षबाट आफूलाई हटाउने भनिरहेको छ, ऊ पार्टी सदस्य नै छ कि छैन भनेर पनि प्रश्न गरेका हुन् । चिया पिएर गफ गर्दैमा पार्टी अध्यक्ष नहट्ने उनको भनाइ छ । उनी थप्छन्, ‘के मजाक हो यस्तो १’

एमाले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने भनेर कतिपयले हस्ताक्षर अभियान नै सुरु गरेका छन् यसप्रति पनि अध्यक्ष ओलीले रोष प्रकट गरे । उनले भनेका छन्, ‘कोही हस्ताक्षर गर्दै हिंड्या छन् अध्यक्ष हटाउने भनेर । यसका पछाडि केही दम छैन, केही छैन’, उनले भनेका छन्, ‘न पार्टीको तरिका न विधान । अस्ति महाअधिवेशन भएको थियो । आफैं पनि सहभागी भयो होला ।’

पार्टीमा के गर्ने भनेर विधि र समय हुने उनले बताए । अध्यक्ष ओलीले भनेका छन्, ‘जति बेला विरोधी शक्ति तिव्र प्रहार गरेको छ, हामीलाई झेल्नु मुस्किल भइरहेको छ । त्यतिबेला सिंगै पार्टी एकजुट भएर एकताबद्ध भएर एकताबद्ध पार्टीले सामना गर्नु पर्ने, मुकाबला गर्नु पर्ने ठाउँमा यति बेला पार्टी भित्र अध्यक्ष हटाउँछु भन्या छ, के भन्या छ । अहिले यी सबै कुरा हरु बेकार छन् ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend