जन आकाश
आज जनआकाश मिडियाको १९औ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ । जनअकाशका प्रधान सम्पादक मोहन कार्कीको सभापतित्मा प्रमुख अतिथि पूर्व उपसभामुख तथा प्रतिनिधिसभा सदस्य ईन्दिरा रानामगरको प्रमुख आतिथ्य, प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य शान्तराम विडारी विशेष अतिथि र नेपाल व्यापार संघका अध्यक्ष गिरिराज पोखे्रल, सगरमाथा आरोहन संघका अध्यक्ष, नेपाल जडिबुटी व्यवसायी संघका अध्याक्ष बिष्ण्ुा भण्डारी, वरिष्ठ पत्रकार भरत ढकाल, सुसेली प्र्रबर्धक दुर्गा अधिकारी भमरकोटे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुर्य सुवेदी लगायतको आतिथ्यमा भव्य कार्यक्रम भएको हो ।
कार्यक्र राष्ट्रिय गीतवाट शुरु भएको थियो । उक्त कार्यक्रममा कविता, गीत, सुसेली बाचन गरेर रमाईलो गरिएको थियो भने बिभिन्न विद्यामा योगदान पु¥याएका व्याक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि लगायत विशेष अतिथि, अतिथिहरुले जन आकाश मिडियको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिएका थिए । कसैले कवितावाट, कसैले गीतवाट कसैले सुसेली गाएर चर्चित गायक गोविन्द मधुर, बिष्णु परियार अन्य प्रतिभाहरुले कार्यक्रमलाई भव्य बनाएका थिए ।
दिपेश एसके र प्रतिमा राईले स्वदेशगानमा स्वागत र्निते गरेर कार्यक्रममा उपस्थितिलाई आकर्षण भरेका थिए ।
संगीत खबर कार्यक्रमा भाग लिएका कलाकार र जन आकाशकै पत्रकार विनोद कार्कीले लेखेको फुल भिरैमा लोक आधुनिक गीतमा स्वर दिएका गायक, गायिका, नृत्य, संगीत दिएका सवै कलाकारहरुलाई कदर पत्रले सम्मानित गरिएको छ ।
उपस्थित सवैलाई कार्यक्रमका सभापति तथा प्रमुख अतिथिको हातवाट मायाको चिनोले सम्मानित गरिएको छ ।
जन आकाश साप्ताहिकले विगत १० वर्षदेखि सामाजिक उत्तर दाईत्वको क्षेत्रमा काम गर्दै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend