जन आकाश
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ।
सोमबार जङ्गीअड्डामा भएको शिष्टाचार भेटका क्रममा दुई देशका सेनाबीचको आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
भेटवार्ताअघि भारतीय स्थल सेनाध्यक्ष सेठले सैनिक मञ्च, टुँडिखेलमा पुगेर माल्यार्पण गरेका थिए। त्यसपछि उनलाई जङ्गीअड्डामा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो।
सेठलाई सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।
नेपाल र भारतका सेनापतिलाई एकअर्काको देशमा मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहँदै आएको छ। सोही परम्पराअनुसार नेपाली सेनाका प्रधानसेनापति सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष सेठ आइतबार काठमाडौं आएका हुन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend