logo सोमबार, भाद्र १ २०८३ | Monday 17th August 2026

नागपञ्चमीमा मन्दिर तथा नागपोखरीमा भक्तजनको घुइँचो


  • जन आकाश
  • सोमबार, भाद्र १ २०८३

काठमाडौं । नागपञ्चमीका अवसरमा आज काठमाडौं उपत्यकाका विभिन्न मन्दिर, पोखरी तथा देवालयमा भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि भक्तजनहरू नागको पूजा, आराधना तथा दर्शनमा व्यस्त छन्।



काठमाडौंको पशुपतिनाथस्थित वासुकिनाथ मन्दिर, काठमाडौं महानगरपालिका–१ स्थित नागपोखरी तथा कीर्तिपुर नगरपालिका–६ मा रहेको टौदहलगायतका धार्मिकस्थलमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ।

नागपञ्चमीका अवसरमा नागपोखरीमा बिहानैदेखि भक्तजनले पूजा, आराधना तथा दर्शन गरिरहेका छन्। नित्य पूजा तथा आराधनाका लागि बिहानै पोखरी खुला गरिएको थियो।

नित्य पूजा सम्पन्न भएपछि भक्तजनलाई पूजा, आराधना तथा दर्शनका लागि नागपोखरी खुला गरिएको काठमाडौं महानगरपालिका–१ का सदस्य रोशन श्रेष्ठले जानकारी दिए।

नागपञ्चमीका अवसरमा नागपोखरीमा आज विशेष मेलासमेत आयोजना गरिएको छ। मेलामा सहभागी हुन बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend